जनता बैंकले गर्यो विद्यालयलाई सहयोग



जनता बैंकको सस्थागत सामाजिक उत्तरदायित्व स्वरुप विद्यार्थीहरुलाई झोला तथा स्टेस्नरी र विद्यालयलाई पानी तान्ने पप्प वितरण
काठमाडौं ।

जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता बैंकले नवलपरासीजिल्लाको ग्रामिण क्षेत्र सरावलगाउँपालिका १, खोखरपुरा स्थितआदर्श माध्यमिकविद्यालयकाकक्षा १ देखि कक्षा ५ सम्मका ११४ जनाविद्यार्थीहरुलाई झोला र स्टेस्नरी सामाग्री वितरण गरेको छ ।

प्र्रायजसो विपन्न परिवारका बालबालिकाले अध्ययनगर्ने उक्त विद्यालयका विद्यार्थीहरुलाई शिक्षा आर्जन माहौसला प्राप्तहोस भन्ने उद्देस्यले उक्त सामाग्रीहरु वितरण गरिएको हो ।

रुपन्देहीस्थित बैंकको देविनगर शाखाको इन्चार्ज मार्टिना चौधरीको नेतृत्वमा गएको कर्मचारीहरुले एक समारोहका बिचउक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

यसैगरी श्री दमकडामावि प्रभास पाल्पामा खानेपानीको प्रबन्ध गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट २४ हजार रुपैयाँको सहयोग बैंकले गरेको छ ।

बैंकको प्रभास शाखाका प्रबन्धक अजयकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई हस्तान्तरण गरे ।


क्लिकमान्डु