गण्डकी विकास बैंकको नयाँ शाखा पोखरामा



काठमाडौं । गण्डकी विकास बैकले पोखरास्थित रत्नचोक शाखाबाट कारोबार सुरु गरेको छ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री पृथ्वी गुरुङ्गले अहिलेको यात्रा समृद्घीको यात्रा रहेको र यसलाई पुरा गर्न बैंक तथा वित्तीय संस्थाहरु बीच सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए ।

उनले अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र उद्योग व्यापार रहेको र बैंकहरुले पनि यी क्षेत्रहरुलाई प्राथमिकता दिएर अगाडी बढ्नु पर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंक आज उत्कृष्ट विकास वैकको रुपमा रहेको र ग्राहकलाई प्रदान गर्ने वैकिङ्ग सेवा पनि सदैव उत्कृष्ट हुने प्रतिवद्घता व्यक्त गरे ।

बंैकले सो शाखा कार्यालयबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने छ ।

बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ पु¥याएको छ । बैंकले कर्जातर्फ १८ अर्ब ३२ करोड रुपैयाँ पु¥याएको छ ।

वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा ५९ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेको बैंकले जानकारी दिएको छ । बैंकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैंकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले वताए ।


क्लिकमान्डु