जनता बैंकको नयाँ शाखा सञ्चालनमा
काठमाडौं । जनता बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाट बैंकले कारोवार सुरु गरेको हो ।
पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले सो शाखाबाट आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने छन् ।
पूर्व पश्चिम राजमार्ग भएर आग्राहकहरुले यस शाखा मार्फत थप सुविधालिन सक्ने बैंकले विश्वस व्यक्त गरेको छ ।
यससँगै चितवनजिल्लामामात्रै जनता बैंकको ८ वटा शाखा पुगेको छ । देश भरी १ सय १६ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले ४० शाखारहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सनकाउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।