साढे २ करोड नक्कली नोटसहित ६ जनालाई प्रहरीले समात्यो



काठमाडौं । प्रहरीले २ करोड ६० लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित ३ दिनभित्र ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । रासस


पुष्प दुलाल