हराएको मकालु एयरको जहाज खोजी कार्य जारी



काठमाडौं । सुर्खेतबाट सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज हराएको छ । बिहान ६ः१० मा उँडेको जहाज अहिलेसम्म सम्पर्कमा नआएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुले जानकारी दिए ।

प्रवक्ता ठाकुरका अनुसार अहिले जहाजको खोजी भइरहेको छ ।

जहाज बाजुराको दुल्लो चौरमा आकस्मिक अवतरण भएको सूचना आए पनि जहाज फेला भने परिनसकेको उनले बताए । अहिले नेपाल प्रहरी, सेना तथा हेलिकोप्टर प्रयोग गरेर जहाज खोजी भइरहेको ठाकुरले जानकारी दिए ।

जहाजमा चालकलकका दुई सदस्य सवार थिए । चालकदलमा किरण भट्टराई र आदित्य नेपालीमात्रै थिए ।


पुष्प दुलाल