शाखा विस्तारमा आक्रामक बन्दै कामना सेवा विकास बैंक
काठमाडौं । कामना सेवा विकास बैंकले शाखा विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ । बैंकले आक्रामक रुपमा शाखा विस्तार योजना बनाएको हो ।
बैकले हालै मात्र ६ स्थानमा शाखा विस्तार गरिसकेको छ । बैंकले काठमाण्डौं महानगरपालिकाको ज्ञानेश्वर, धादिङको गल्छी गांउपालिको गल्छीबजार र यसै हप्तामा रुपन्देहीको शुद्धोधन गाउँपालिकाको फर्साटिकर बजार, दाङको लमही नगरपालिकाको लमही बजार, कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजारमा र रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरी बजारमा शाखा विस्तार गरेको हो ।
यसरी शाखा विस्तार पछि बैंकको कूल शाखा संख्या ४६ पुगरेको छ । बैंकले बैशाख भित्रै लमजुङको सुन्दर बजार र पर्वतको कुस्मा नगरपालिकाको कुश्मा बजारमा थप २ शाखा विस्तार गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।
बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ छ भने १४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले १३ अर्ब २५ करोड रुपैयाँ कर्जा तथा लगानी छ ।
बैंकले वित्तीय पहुंच नभएका ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरी आफ्नो सेवा विस्तार गर्ने लक्ष्य सहित यस आर्थिक वर्षको जेठ महिना भित्रमा देशका विभिन्न भागमा अन्य थप ११ वटा शाखा संचालनमा ल्याई कारोवार संजाल विस्तार गर्ने कार्यक्रम रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले जानकारी दिए । गत साउनमा कामना र सेवा विकास बैंक मर्ज भएर कामना सेवा विकास बैंक बनेको थियो ।