नबिल बैंकको एकै पटक ४ स्थानमा शाखा



काठमाडौं । नबिल बैंकले एकै पटक ४ स्थानमा नयाँ शाखा खोलेको छ । बैंकले लहान सिराहा, बर्दिबास महोत्तरी, हरिवन सर्लाही तथा टाडी चितवनमा ४ वटा शाखा खोलेको हो । शाखा कार्यालयहरुको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड््यालले गरेका हुन् ।

आधुनिक ब्यवसायिक बैंकिङ प्रणाली शुरुवात गरि देशमा समग्र उद्यमशिलता, रोजगारी सृजना तथा परिमाणात्मक रुपले सरकारी ढुकुटीमा पुर्याएको योगदानबाट नबिल बैंकले सवैलाई गौरवको अनुभुति गराएको पौड्याले बताए ।

बैंकले ६२ वटा शाखा, १११ वटा एटीएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु