नेपाली बजारमा भित्रियो हिरोको भिडा ब्रान्ड, नेपालमा प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्राको सुरुवात

0
Shares

काठमाडौं । हिरोद्वारा सञ्चालित विद्युतीय दुई पाङ्ग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसँगै भिडाले आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको हो । 

नेपाली ग्राहकहरूको बहुआयामिक जीवनशैली र आवश्यकताअनुरूप भिडा भिएक्स-२ ईभी स्कुटर सिरिज तथा युवापुस्ता लक्षित भिडा डिर्ट.ई के थ्री विद्युतीय अफ–रोड मोटरसाइकल अब नेपाली बजारमा उपलब्ध हुनेछ ।

दैनिक आवतजावत प्रयोजनका लागि डिजाइन गरिएको भिडा भिएक्स-२ ईभी स्कुटरले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तरका कारण विश्वप्रसिद्ध अनुसन्धान संस्था जेडी पावरको दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक गुणस्तर अध्ययन मा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

त्यस्तै, भिडा डर्ट.ई के थ्रीले युवापुस्तालाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रूपमा विद्युतीय अफ–रोड राइडिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

नेपालमा भिडाका उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप)मार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन् । चौधरी ग्रुप नेपालका अग्रणी व्यावसायिक समूहहरूमध्ये एक हो। जसले विश्वभर १६० भन्दा बढी कम्पनीहरू तथा १२३ ब्रान्डहरू सञ्चालन गर्दै आएको छ ।

यस ऐतिहासिक अवसरमा हिरो मोटोक्रपन्तर्गतको इमर्जिङ मोबिलिटी बिजनेस युनिटका प्रमुख व्यापार अधिकृत कौशल्या नन्दकुमारले भने, भिडाको अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु हाम्रो लागि गर्वको विषय हो । नेपाल हाम्रो लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बजार हो, जहाँ विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ । भारतमा विकसित हाम्रो उत्कृष्ट इन्जिनियरिङ तथा डिजाइन क्षमतालाई अब नेपाली ग्राहकसम्म पुर्‍याउन पाउँदा हामी उत्साहित छौं । सिजी मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध छौं । 

त्यसैगरी चौधरी ग्रुप का प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको छ। भिडा को नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएका छौं । दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरूको आवश्यकता अनुरूप विकसित यी अत्याधुनिक विद्युतीय उत्पादनहरूले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन् । हिरो मोटोक्रपसँगको हाम्रो लामो सहकार्यलाई भिडा मार्फत अझ सुदृढ बनाउँदै नेपालको हरित भविष्य निर्माणमा योगदान दिन पाउँदा हामी गर्व गर्छौं । 

भिडा भिएक्स २ इभुटर-नेपाली सडकका लागि उपयुक्त दुई विकल्प

भिडा भिएक्स २ इभुटर दुई फरक भेरियन्ट भिएक्स प्लस र भिएक्स २ गोमा उपलब्ध हुनेछ। भिएक्स २ प्लस नेपालका उकालो तथा चुनौतीपूर्ण सडकलाई ध्यानमा राखेर उत्पादन गरिएको हो । यसमा ४.४ किलोवाट ब्याट्री क्षमता रहेको छ । 

यसले वास्तविक अवस्थामा करिब १४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने अधिकतम ९० किलोमिटर प्रतिघण्टा गति हासिल गर्न सक्छ । यसले ० देखि ४० किलोमिटर प्रतिघण्टा गति केवल ३.१ सेकेन्डमा लिन सक्छ। साथै, डीसी फास्ट चार्जिङमार्फत ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

त्यस्तै, भिएक्स २ गोमा २.२ किलोवाट निकाल्न मिल्ने ब्याट्री रहेको छ। जसले करिब ७५ किलोमिटरसम्मको वास्तविक रेन्ज प्रदान गर्छ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टा गति ४.२ सेकेन्डमा हासिल गर्न सक्छ । यसमा पनि ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ ।

दुवै मोडलमा घरमै साधारण ५ एम्पियरको सकेट प्रयोग गरी निकाल्न मिल्ने ब्याट्री चार्ज गर्न सकिने सुविधा रहेको छ । साथै भिडा एप, नेभिगेसन, कल तथा एसएमएस सूचना जस्ता स्मार्ट कनेक्टेड सुविधाहरू पनि उपलब्ध छन् ।

भिडा डर्ट ई के थ्री युवापुस्ताका लागि स्मार्ट विद्युतीय अफ-रोड बाइक

भिडा डर्ट -ई के थ्री विशेषगरी किशोर तथा युवा राइडरहरूलाई लक्षित गरी उत्पादन गरिएको विद्युतीय अफ–रोड बाइक हो । यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार तीन फरक साइजमा रूपान्तरण गर्न सकिने छ । जसले लामो समयसम्म आरामदायी र सुरक्षित राइडिङ सुनिश्चित गर्छ ।

यसमा एपमा आधारित अभिभावकीय नियन्त्रण सुविधा उपलब्ध भएकाले अभिभावकहरूले बाइकको गति नियन्त्रण गर्न, अधिकतम स्पिड निर्धारण गर्न तथा तीन फरक स्पिड मोडमध्ये आवश्यक मोड चयन गर्न सक्नेछन् । यी मोडहरूमा मोड १ (८–९ किमिरघण्टा), मोड २ (१७–१८ किमिरघण्टा) तथा मोड ३ (२३–२४ किमिरघण्टा) समावेश छन् ।

३५० वाट मोटर तथा ३६०किलोवाट निकाल्न मिल्ने ब्याट्रीले सुसज्जित यस बाइकले सडक अवस्था र प्रयोग मोडअनुसार ३ घण्टासम्म राइडिङ अनुभव प्रदान गर्न सक्छ। यसको ब्याट्री २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २ घण्टा लाग्छ ।

नेपालमा हिरो मोटोक्रप को नयाँ अध्याय

सन् २०१४ देखि नेपाली बजारमा आफ्नो उपस्थितिलाई निरन्तर सुदृढ बनाउँदै आएको हिरो मोटोक्रपले एक दशकभन्दा बढी समयदेखि नेपाली ग्राहकको विश्वास जित्दै आएको छ । भिडा विद्युतीय उत्पादनहरूको नेपाल प्रवेशसँगै कम्पनीले स्मार्ट, दिगो तथा भविष्यमुखी विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गरेको जनाएको छ ।

८ उल्लेखित रेन्ज, गति तथा चार्जिङ समय कम्पनीको आन्तरिक परीक्षणका आधारमा मापन गरिएको हो। वास्तविक प्रयोग, सडक अवस्था, मौसम तथा अन्य कारकका आधारमा यसमा फरक पर्न सक्छ ।