
काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक्कासी १००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेको देखिएको छ ।
शुक्रबार कारोबार बन्द हुँदा नेप्से ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा कायम भएको थियो ।
तर, करिब साढे तीन बजेतिर भने नेप्से एक्कासी १००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेर १७१७. ७९ बिन्दुमा खुम्चिएको देखिएको छ ।
कारोबार समय सकिँदा ठिक अवस्थामा भएपनि प्राविधिक समस्याका कारण यस्तो देखिएको नेप्सेले जनाएको छ ।
प्राविधिक समस्याका कारण सूचकमा समस्या देखिन पुगेपनि सो समस्या समाधानको प्रयास भइरहेको जानकारी नेप्सेले दिएको छ ।

कारोबार बन्द भएपछि र समस्या आउनुअघि यस्तो थियो बजारः
समस्या आउनु अगाडि नेप्से ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा कायम भएको थियो । अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से १४.१७ अंकले बढेको थियो भने बुधबार भने १३.९५ अंकले घटेको थियो ।
यसअघिका छ कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।
समस्या आउनु अगाडि नेप्सेमा कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
शुक्रबार कारोबारमा आएकामध्ये १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको थियो । यस्तै, १५ कम्पनीको सेयर मूल्य भने स्थिर थियो । समस्या आएपछि भने यी तथ्यांकमा केही फेरबदल आएको छ ।






प्रतिक्रिया