काठमाडौंमा अपराधका मुद्दा दर्तामा कमी, दिउँसोको समयमा सबैभन्दा बढी घटना

21
Shares

काठमाडौं । नेपाल प्रहरीले अघिल्लो वर्षको तुलनामा काठमाडौंमा अपराधका मुद्दा दर्ताको संख्या घटेको जनाएको छ ।

वर्षभरि भएका प्रमुख घटना, अपराध अनुसन्धान, शान्ति सुरक्षाको अवस्था तथा प्रहरीले हासिल गरेका उपलब्धिबारे जानकारी दिन आयोजित वार्षिक पत्रकार सम्मेलनमा प्रहरीले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ११,०७८ वटा मुद्दा दर्ता भएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा कम हो । आर्थिक वर्ष २०८१/८२ मा १२,८७२ वटा मुद्दा दर्ता भएका थिए ।

त्यसैगरी, काठमाडौं जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रहरीले चालु वर्षको चैत महिनासम्म १,१६६ वटा अपराधका मुद्दा दर्ता भएको जनाएको छ ।

प्रहरीको तथ्याङ्कीय विश्लेषण अनुसार अपराधका घटनाहरू निश्चित समयमा बढी हुने गरेको पाइएको छ । विशेष गरी दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा सबैभन्दा बढी अपराध हुने गरेको देखिएको छ । उक्त ६ घण्टाको समयावधिमा मात्रै ५,७५० वटा घटना दर्ता भएका छन् ।