आइतबारको बिदा दीर्घकालसम्म रहन्छ: सरकारका प्रवक्ता

1.8k
Shares

काठमाडौं । सरकारले आइतबारको बिदा लामो समयसम्म जाने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताएका हुन् ।

‘दुई दिन बिदा कायम हुन्छ । सरकारले तत्काल बिदा हटाउने सोचेको छैन । अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन नै बिदा भइरहेको छ,’ शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरूसँग भने ।

सरकारले गत चैत २२ गते सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको थियो । यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू भइरहेको छ ।

तर, बिदाले शैक्षिक क्षेत्र तहसनहस भएको, कोर्ष पूरा हुन नसक्दा समस्या देखिएको टिप्पणी भइरहेको छ भने सरकारी अस्पतालहरू पनि यसबाट नराम्ररी प्रभावित हुँदा बिरामीले सास्ती व्यहोरीरहेका छन्।