मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता सेयर बिक्रीमा

42
Shares

काठमाडौं । मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ ।

कम्पनीले संस्थापक समूहको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर शुक्रबारबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै कम्पनीले योग्य व्यक्ति तथा संगठित संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न आव्हान गरेको छ ।

बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने हुन्छ ।

बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १८ गतेसम्म रहेको छ । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ ।