
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि परेका आवेदनहरूमध्येबाट ८ जना उम्मेदवारहरू संक्षिप्त सूचीमा छानिएका छन् ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित सिफारिस समितिको कार्यालयले सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली तथा उनीहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको समय तालिका सार्वजनिक गरेको हो ।
छनोटमा परेका उम्मेदवारहरूमा गोकर्णेश्वरका सुमन मान सिंह बस्न्यात, कागेश्वरी मनोहराका जितेन्द्र धिताल, नयाँ बानेश्वरका डा. मुकुन्द प्रसाद पौड्याल, सिरहाका डा. सरोज कोइराला, महाराजगञ्जकी याडकी उक्याब, दैलेखका बखत बहादुर शाही, ललितपुरका मनोज पौडेल र बूढानीलकण्ठका ई. मधु प्रसाद भेटुवाल रहेका छन् ।
उनीहरू सबैको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजना हुनेछ । साउन ७ गते सुमन मान सिंह बस्न्यात (बिहान ११-१२ बजे), जितेन्द्र धिताल (दिउँसो १२-१ बजे), डा. मुकुन्द प्रसाद पौड्याल (दिउँसो १-२ बजे) र डा. सरोज कोइराला (दिउँसो २-३ बजे) को प्रस्तुतीकरण तय गरिएको छ । त्यस्तै साउन ८ गते याङकी उक्याब (बिहान ११-१२ बजे), बखत बहादुर शाही (दिउँसो १२-१ बजे), मनोज पौडेल (दिउँसो १-२ बजे) र ई. मधु प्रसाद भेटुवाल (दिउँसो २-३ बजे) को पालो तोकिएको छ ।
सबै उम्मेदवारले १ घण्टाको समय पाउनेछन् र उनीहरूले आफूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै कार्ययोजनाको सफ्टकपी तथा पेस गरिएका सम्पूर्ण कागजातका सकल प्रति सहित उपस्थित हुनुपर्नेछ ।





प्रतिक्रिया