टिग्मोबाट आईएई गर्दा अभिषेकले जिते विद्युतीय गाडी

0
Shares

काठमाडौं । साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले विद्युतीय गाडी जितेका छन् ।

‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौं’ योजना अन्तर्गत कालाखेतीले ईभी जितेका हुन् ।

आईएमईले मंगलवार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ ।

यसैगरी युवराज न्यौपाने र सन्तोष गिरीले इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जनाले आइफोन १७ पाएका छन् । विजेता सबैलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुरस्कार हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कागजबाट सुरु गरिएको रेमिट्यान्स सेवा हाल डिजिटल युगमा प्रवेश गरेको बताए । उनले साउदी अरबमा काम गर्ने नेपालीहरुले टिग्मोबाट आईएमईमा पैसा पठाउन आग्रह गरे ।

आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले गर्ने प्रमोसन क्याम्पेनहरु मार्केटिङको लागि मात्रै नभई सेवाग्राहीको व्यत्तिगत वा परिवारको हितमा हुनेगरी ल्याउने गरेको बताए । उनले कम्पनीले आगामी दिनमा पनि ग्राहकलक्षित विभिन्न योजनाहरु संचालनमा ल्याउने जानकारी दिए ।

आईएमइले पुस २१ देखि चैत १७ सम्म यो योजना सञ्चालनमा ल्याएको थियो । योजना अन्तर्गत ५ जनाले १० हजार रुपैयाँ नगद पुरस्कार समेत हात पारेका थिए । योजना अवधीभर ७५ जना विजेताहरुले विभिन्न पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ।

विजेताहरुको डिजिटल लक्की ड्रमार्फत छनोट गरिएको कम्पनीले जनाएको छ । आईएमईले मेगा पुरस्कारमा एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर र साप्ताहिक १२ जनालाई आइफोन १७ जित्ने ल्याएको थियो ।

साथै आईएमईले ‘टिग्मो एण्ड वीन फाईभ टाईम्स मोर’ योजना अगस्ट १ देखि अक्टोबर ३१ सम्म संचालनमा ल्याउन लागेका पनि जानकारी दिएको छ ।