बैंकहरूले साउन १५ सम्म उठेको ब्याज असारकै नाफामा देखाउन पाइने


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ठूलो राहत दिँदै आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र उठेको ब्याजलाई पनि सोही वर्षको आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै असार मसान्तसम्म पाकेको ब्याज उठाउन साउन १५ गतेसम्मको समय (ग्रेस पिरियड) उपलब्ध गराएको हो।

नयाँ व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकमलाई बैंकहरूले अघिल्लो आर्थिक वर्षकै नाफा–नोक्सान हिसावमा आम्दानीका रूपमा बाँध्न पाउनेछन् ।