सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

गत शुक्रवार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका कामकारबाही रोक्न अन्तरिम आदेश जारी गरेको थियो । तर आयोगले उक्त आदेशपछि पनि पूर्वन्यायाधीश, पूर्वसैन्याधिकारी र संवैधानिक आयोगका पूर्वपदाधिकारीबाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना निकालेको थियो । आयोगको सूचनाले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता मनीराम उपाध्यायले अदालतमा रिट दायर गरेका थिए ।

त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश निरौलाको इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।