पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा सम्पत्ति विवरण पेश


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्पत्ति छानबिन आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।

सरकारले २०६२/६३ सालयताका पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेसँगै डा. भट्टराईले बुधबार केशरमहलस्थित आयोगको कार्यालय पुगेर विवरण पेश गरेका हुन् ।

भट्टराईको सचिवालयका अनुसार पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको प्रतिबद्धता स्वरूप उनले विवरण बुझाएका हुन् ।

उच्चपदस्थहरूको सम्पत्ति छानबिनका लागि सरकारले गठन गरेको आयोगले हाल विवरण संकलन गरिरहेको छ । यद्यपि, वर्तमान सरकारका सदस्यहरूलाई छानबिनको दायरामा नराखिएको भन्दै आयोगको क्षेत्राधिकारमाथि प्रश्न उठिरहेको छ । यसविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर भएको छ ।