एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको भाउ, मूल्य कति ?

483
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ थियो ।

मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँ थियो ।

Skip This