
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले ट्राफिक प्रहरीले गर्ने जरिवाना र कारबाहीविरुद्ध उजुरी सुन्न छुट्टै ट्राफिक अदालत स्थापना गर्न माग गरेका छन् ।
हालै काठमाडौँमा आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको सम्मान र असली न्यायका लागि उनकै नाममा उक्त अदालत स्थापना गर्नुपर्ने सांसद खरेलको प्रस्ताव छ ।
मंगलबार संसदीय समितिको बैठकमा बोल्दै सांसद खरेलले ट्राफिक प्रहरीले काटेको चिटका कारण नागरिकले असन्तुष्टि जनाउँदा कानुनी उपचार खोज्ने ठाउँ नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । जरिवानालाई सजायको प्रकार मान्दै उनले प्रहरीले काटेको चिट चित्त नबुझे नागरिकले त्यसलाई चुनौती दिन पाउने स्वतन्त्र संयन्त्रको आवश्यकता औंल्याएका हुन् ।








प्रतिक्रिया