लामिनारले काठमाडौं उपत्यकामा सञ्चालनमा ल्यायो थप २ ‘एम्पोरियो’ शोरुम


काठमाडौं  । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड ‘लामिनार’ ले काठमाडौँ उपत्यकाभित्र थप दुईवटा एम्पोरियो डिलर शोरुमहरू सञ्चालनमा ल्याएको छ ।

लामिनारले काठमाडौँको शङ्खरापुर नगरपालिका, साङ्खुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर नगरपालिका, जाम्बु डाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा यी दुई नयाँ शोरुमहरू सुरु गरेको हो ।

बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (एनएस ६१७, फुल्ली भिट्रिफाइड) हुन् । निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । लामिनार शोरुमहरूमा फुल-बडी, एन्टिब्याक्टेरियल सर्फेस र हाइ-ग्लोस टाइल्ससहित ५०० भन्दा बढी डिजाइनका टाइल्सहरू उपलब्ध छन् ।

यी शोरुमहरू विशेष गरी घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकहरूलाई लक्षित गरी निर्माण गरिएका हुन् । शोरुममा टाइल छनोट गर्दा कुन प्रयोजनका लागि कस्तो प्रकारको टाइल उपयुक्त हुन्छ भनेर परामर्श दिने कार्यलाई पनि प्राथमिकता दिइएको छ ।

लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले भने, ‘लामिनारका शोरुमहरूले ग्राहकलाई टाइल्स राम्रोसँग हेर्न, गुणस्तर पहिचान गर्न र आफ्नो आवश्यकता अनुसार छनोट गर्न मद्दत गर्दछन् । अब टाइलको छनोट डिजाइनका आधारमा मात्र नभई यसको उपयोगिताका आधारमा पनि गर्न सकिन्छ ।’

त्यसैगरी, सुपर सप्लायर्स प्रालिका अध्यक्ष भँवर लाल बिश्नोईले भने, ‘आजकल ग्राहकहरू टाइल किन्दा डिजाइन मात्र हेर्दैनन् । यो कत्तिको टिकाउ छ र सफा गर्न कत्तिको सजिलो छ भन्ने कुरा पनि हेर्न थालेका छन् ।’