गणेशको घटनामा भट्टराईले भने-यो एक युवाको निधन मात्रै होइन, लाखौंको आर्थिक संकटको प्रतिबिम्ब पनि हो

77
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणेश नेपालीको मृत्यु एक युवाको निधन मात्रै नभएर लाखौं युवालाई बेरोजगार बनाउने गम्भीर आर्थिक तथा राजनीतिक संकटको प्रतिबिम्ब भएको बताएका छन् ।

काठमाडौंस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासका क्रममा जलेर मृत्यु भएको घटनालाई उल्लेख गर्दै भट्टराईले यो घटनाले मुलुकको गम्भीर अर्थ–राजनीतिक संकट उजागर गरेको टिप्पणी गरेका छन् ।

‘यसले एकजना होनहार युवाको अकालमा दुःखद मृत्युवरण मात्र हैन पचासौं लाख युवालाई बेरोजगार बनाउने देशको गम्भीर अर्थराजनीतिक संकट र त्यसको दिगो समाधान सट्टा ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने राज्यसंरचनाको लज्जास्पद चरित्रलाई उजागर गर्छ,’ भट्टराईले भनेका छन् ।