ग्यास सिलिन्डर पड्किँदा माकलबारीमा एक जनाको मृत्यु

168
Shares

काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर–८ का ४१ वर्षीय विष्णु थापाको ज्यान गएको हो ।

सिलिन्डरको टुक्राले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र २ वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको गाडीको सिलिन्डर विस्फोट भएको हो ।