सुकुम्बासी व्यवस्थापनमा सरकार चुक्यो, १०० दिने कार्यसूचीको ९१ भन्दा पहिला ९२ बुँदा अघि सारियोः दर्शना

140
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारले मानवीय संवेदनशीलता नदेखाएको बताएकी छिन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद दर्शनाले १०० दिने कार्यसूचिको”. बुँदा ९१ भन्दा अघि ९२ अघि सारिएको बताउँदै यो काम सरकारबाट ठिक ढंगमा नभएको बताएकी हुन् ।

‘रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन । हिजो सुकुम्बासी व्यवस्थापनको विषयमा १०० दिने कार्यसूचिको बुँदा ९१ भन्दा अघि ९२ अघि सारियो । दुध चुसाई रहेकि आमा, सुत्केरी, बृद्ध बा आमाहरू .लाई पनि एकै व्यवहार नगरीयोस् भनेर सदनमा पटक पटक आवाज राखेँ,’ दर्शनाले भनेकी छिन्, ‘सम्बन्धित निकाय पनि निवेदन गरेँ। यो काम चाहिँ सरकारको तर्फबाट ठिक ढंगले भएन ।’

उनले आज गणेश नेपालीको आत्मदह, उनको उपचार खर्च व्योहर्ने सम्म सिमित रहन नमिल्ने पनि बताएकी छिन् । ‘गणेश नेपाली आफैंलाई जलाउने बिन्दु सम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोज बाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ,’ उनले लेखेकी छिन्, ‘एक गणेशले त भौतिक रूपमै आफुलाई जलाए तर दैनिक मैले सकिन, मरौं कि क्या हो’ भन्ने सोच आउने लाखौं युवाको लागि जिवन केहि भएपनि सहज हुने नीति सरकार बा जस्सरी पनि चाहिन्छ ।’

उनले सबैलाई एकैपटक खुसि बनाउन पनि नसकेपनि श्रमजीवि, गरीबहरूको रोदन भने रोक्न सकिने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।