राष्ट्रिय आर्थिक गणना सुरु,सबै खालका अर्थिक तथ्यांक बल्ल पाइने



काठमाडौं । राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । बैशाख १ देखि सुरु भएको गणना जेठ मसान्तसम्म चल्ने छ ।

नेपालमा पहिलो पटक आर्थिक विषयवस्तुसँग सरोकार राख्ने विषयमा तयार पारिएको गणना गर्नको लागि देशभर ३ हजार ५ सय जना गणक परिचालिन छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले गणनाको सुरुवात गर्न केन्द्रीय तथ्यांक विभागमा गणनाको स्तम्भ अनावरण गरेसँगै आर्थिक गणना सुरु भएको हो ।

तथ्यांक विभागले जापान सरकारको सहयोगमा आर्थिक गणना सुरु गर्न लागेको हो ।
संघियतमा देश गएको हुँदा आर्थिक गणनाले यसको विस्तृत तथ्यांक प्राप्त गर्न सजिलो हुन्छ ।


क्लिकमान्डु