
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा उक्लिएको हो ।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २६.२९ अंकले घटेको थियो ।
आज नेप्सेमा कुल ४ अर्ब ४० करोड माथिको कारोबार भएको छ ।
सोमबार भने नेप्सेमा कुल २ अर्ब ७६ करोड माथिको मात्रै कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये २१० कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।






प्रतिक्रिया