३ बजेर ४० मिनेटमा मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

294
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार दिउँसो ३ बजेर ४० मिनेटमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मंगलबार दिउँसो बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै आजै ३ बजेट ४० मिनेटमा सार्वजकि गरिने भएको हो ।

मंगलबार बिहान राष्ट्र बैंक व्यवस्थापन समिति बैठक बसेको थियो । उक्त बैठकपछि सञ्चालक समिति बैठक बसेर मौद्रिक नीति पारित गरेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गत आइतबार नै बसेको सञ्चालक समिति बैठकमा गरेको थियो । उक्त समीक्षा प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

मौद्रिक नीतिमा पनि नियामकीय नीति समावेश नहुने केन्द्रीय बैंक स्रोतले जनाएको छ । आन्तरिक र बाह्य अर्थतन्त्रको विश्लेषण मौद्रिक नीतिको लक्ष्य र कार्यदिशा तथा मौद्रिक औजार र ब्याजदर करिडोरहरु मात्रै समावेश गरी मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो । बाह्य क्षेत्र र मुद्रास्फीतिमा कुनै चाप नभएकाले केन्द्रीय बैंकले आर्थिक गतिविधिलाई सुधार गर्न कर्जा प्रवाहलाई सहयोग पुग्ने गरी मौद्रिक नीति जारी हुने सन्देश यसअघि नै दिइसकेको छ ।

राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानल मार्फत मौद्रिक नीतिको प्रत्यक्ष प्रसारण हुनेछ । त्यसपछि ४ बजेर १५ मिनेटमा पत्रकार सम्मेलन गरिने राष्ट्र बैंकले जनाएको छ ।