बालेनका राजनीतिक सल्लाहकार असिम रास्वपाको सहमहामन्त्री उम्मेदवार, स्वास्थ्यमन्त्री प्रस्तावक

532
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का प्रमुख राजनीतिक सल्लाहका असिम शाहले रास्वपाका सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधीवेशनका क्रममा शाहले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

पार्टी संगठनलाई सुदृढ बनाउने, वैकल्पिक राजनीतिलाई थप प्रभावकारी बनाउने तथा आन्दोलनका एजेन्डालाई संस्थागत गर्ने प्रतिबद्धतासहित उनले उम्मेदवारी दिएका हुन् । शाहको उम्मेदवारीमा स्वास्थ्यमन्त्री निशा मेहेताले प्रस्तावकको भूमिका निर्वाह गरेकी छन् भने ज्ञानेन्द्र मल्ल समर्थक रहेका छन् ।

जेनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तनका क्रममा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकार्यको वातावरण बनाउन असिम शाहले महत्त्वपूर्ण भूमिका खेलेका थिए । हाल उनी प्रधानमन्त्रीले गठन गरेको संविधान संशोधन सुझाव कार्यदलका प्रमुख पनि हुन् ।