
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अमलेट खाने क्रममा माछाको काँडा भेटिएपछि होटल सञ्चालकसँग सोधपुछ गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका लागि चितवनमा रहेका गृहमन्त्रीले मंगलबार लड्स प्लाजा होटलमा अमलेट खाएका थिए।
त्यसक्रममा माछाको काँडा भेटिएको थियो ।
अम्लेटमा माछाको काँडा भेटिएपछि खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको दाबी गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसक्रममा दुई कर्मचारीलाई पक्राउ गरिएको भन्ने समाचारहरू सार्वजनिक भए पछि गृहमन्त्रीको सचिवालयले कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको जानकारी दिएको छ ।








प्रतिक्रिया