
काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको म्याद थपको बहस सकिएको छ ।
सोमबार सुर्खेतबाट पक्राउ गरि मंगलबार काठमाडौं ल्याइएका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो ।
अहिले पौडेलविरुद्ध म्याद थपका लागि विशेष अदालतको इजलासमा सरकारी वकिल र उनी पक्षका कानुन व्यवासयीले बहस गरेका छन् ।
सरकारी वकिलले २० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्न माग गरेको छ भने पौडेल पक्षका कानुन व्यवसायीहरूले पौडेल भागेर जाने सम्भावना नरहेकोले पछि अनुसन्धानले खोजेका बखत उपस्थित हुने गरे छाड्न माग गरिरहेका छन्।
उनलाई थुनामा राखेर अनुसन्धान अघि बढाउने वा बाहिर राखेर भन्ने बारे इजलासले निर्णय गर्ने छ ।








प्रतिक्रिया