
काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ ।
सोमबार सुर्खेतबाट पक्राउ गरि मंगलबार काठमाडौं ल्याइएका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो ।
अहिले पौडेलविरुद्ध म्याद थपका लागि विशेष अदालतको इजलासमा बहस गरिरहेका छन् ।
सरकारी वकिलले २० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्न माग गरेको छ भने पौडेल पक्षका कानुन व्यवसायीहरूले पौडेल भागेर जाने सम्भावना नरहेकोले पछि अनुसन्धानले खोजेका बखत उपस्थित हुने गरे छाड्न माग गरिरहेका छन्।








प्रतिक्रिया