
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
चितवनमा जारी पहिलो महाधिवेशनको दोस्रो दिन पत्रकारहरू सँगको कुराकानीमा आफूले सुझबुझपूर्ण रूपमा उम्मेदवारी घोषणा गरेको बताए ।
सही मान्छे सही पदमा हुनुपर्ने भन्दै आफूले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।
आइतबार उद्घाटन भएको महाधिवेशन अन्तर्गतको बन्दसत्र सोमबार विहानैबाट सुरू गर्ने भनिए पनि अझै सुरू हुन सकेको छैन ।








प्रतिक्रिया