
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरू हुँदैछ ।
चितवनको भरतपुरस्थित उद्योग संघको प्रांगणमा हुने महाधिवेशन उद्घाटन सत्रअघि अहिले रास्वपाको नेता, कार्यकर्ता व्यवस्थापनमा पार्टी निकट संगठन र्याटदेखि बाउन्सरसम्म खटिरहेका छन् भने सुरक्षाका लागि नेपाल प्रहरी खटिरहेको छ ।
कार्यक्रम स्थलमा रास्वपा नेता कार्यकर्ता, प्रतिनिधि आउने क्रम सुरु भइसकेको छ । उद्घाटनका लागि प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह चितवन पुगिसकेका छन् भने सभापति रवि लामिछाने चितवनमै रहेका छन् ।

रास्वपा महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।














प्रतिक्रिया