रविविरूद्ध संगठीत अपराध र सम्पत्ति शुद्धीकरणको सबै मुद्दा फिर्ता, अब सहकारी ठगीको मात्र बाँकी

0
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधन गर्न अनुमति दिएको छ । यससँगै रविविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको सबै अभियोग फिर्ता भएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो । यसअघि कास्की, पर्सा र रूपन्देही जिल्ला अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको थियो । कास्की अदालतमा दायर सम्पत्ति शुद्धीकरणको मुद्दा पनि फिर्ता भइसकेको छ । अब रविवरूद्ध सबै अदालतहरूमा सहकारी ठगीको मुद्दामात्र बाँकी छ ।

Skip This