नेप्सेमा झिनो अंकको सुधार, साढे ४ अर्बको कारोबार

70
Shares

काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार भने नेप्से ५.०६ अंकले घटेर २७०० बिन्दुमा कायम भएको छ ।

शुक्रबार नेप्सेमा कुल ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार बिहीबार भने नेप्सेमा कुल ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शुक्रबार कारोबारमा आएकामध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको घटेको छ । यस्तै, १७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

Skip This