कामना सेवा विकास बैंकले पाँच वटा प्रदेशमा खुलायो जागिर

217
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले देशका पाँच वटा प्रदेशमा जागिर खुलाएको छ । बैंकले कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका विभिन्न शाखाहरुका लागि कर्मचारीको माग गरेको हो ।

यी पाँच वटै प्रदेशमा शाखा प्रबन्धक र रिलेसनसिप म्यानेजरका लागि आवश्यक विभिन्न पदमा कर्मचारीको माग गरिएको छ ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार शाखा प्रबन्धकका लागि आवश्यक जुनियर अफिसर, अफिसर तथा सिनियर अफिसर पदमा केही संख्यामा कर्मचारीको माग गरिएको छ ।

यसका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तहमा ५० प्रतिशत अंक वा सि सीजीपीए उत्तीर्ण ल्याई उत्तिर्ण गरेको हुनुपर्नेछ । साथै बैंकिङ क्षेत्रमा न्यूनतम ४ वर्षको अनुभव वा शाखा प्रबन्धकमा २ वर्षको अनुभव हुनुपर्नेछ ।

त्यस्तै, रिलेसनसिप म्यानेजरका लागि आवश्यक सुपरभाइजर वा जुनियर अफिसर पदमा केही कर्मचारीको माग गरिएको छ ।

यसमा आवेदन दिन चाहनेले व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै बैंक वा वित्तीय संस्थामा क्रेडिट मार्केटिङ, व्यवसायिक कर्जा व्यवस्थापन तथा सम्बन्ध व्यवस्थापन क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

आवेदन दिने उम्मेदवारको उमेर हद भने सुपरभाइजर तहका लागि ३५ वर्ष र अफिसर तहका लागि ४० वर्ष राखिएको छ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी २०८३ असार १६ गते भित्र कामना सेवा विकास बैंकको वेवसाइटमा गएर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

Skip This