सिजीको उपहार योजना: झापाका रणधीर गुप्ताले जिते ‘सेट अफ ५ प्रोडक्ट्स’


काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो साना घरायसी उपकरण श्रेणी अन्तर्गत सञ्चालन गरेको ‘एक्सपेरियन्स लाइफ वीथ सीजी: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ योजनाको विजेता घोषणा गरेको छ ।

यस योजना अन्तर्गत प्रदान गरिएको ‘सेट अफ ५ प्रोडक्ट्स’को विजेता झापा, भद्रपुरका रणधीर गुप्ता बनेका छन् ।

उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको ‘सिजी इग्नाइट टुबीएस’ खरिद गरी क्यूआर कोड स्क्यान गरेर यस योजनामा भाग लिएका थिए ।

हालै एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता रणधीर गुप्तालाई उपहार हस्तान्तरण गरेका छन् । उपहार पाएपछि गुप्ताले आफू धेरै खुसी भएको र सिजी ब्रान्डमा आफ्नो विश्वास अझ बढेको बताएका छन् ।

सिजीका घरायसी उपकरणहरू देशभर रहेका २८ वटा शोरुमहरू, कम्पनीका वेबसाइटहरू र आधिकारिक बिक्री केन्द्रहरूबाट किन्न सकिन्छ । ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा रहेको सिजी इलेक्ट्रोनिक्सले देशभरका ४० वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

Skip This