कैलाश विकास बैंकको ४५औँ शाखा पाल्पामा




काठमाडौं । कैलाश विकास बैंकले पाल्पा जिल्लाको दम्कडामा ४५औँ शाखा स्थापना गरेको छ । बुधबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डेले बैंकको शाखाको उद्घाटन गरेका हुन् ।

बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रुपैयाँ छ । बैंकले १९ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको ४५ वटा शाखा र २२ वटा एटीएम छ । बैंकले निकट भविष्यमा गुल्मी जिल्लाको पुर्तिघाट, झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।


क्लिकमान्डु