
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारको कृषि अनुदान नीतिले वास्तविक किसानलाई उपेक्षा गरेको बताएका छन् ।
बिहीबार संसदमा बोल्दै शाहीले बजेटमा न्यूनतम् २ करोड रुपैयाँ प्रारम्भिक पुँजी भएका कृषि उद्यमलाई ४० प्रतिशत अनुदान दिने व्यवस्थाको कडा आलोचना गरे ।
‘नेपालका गाउँघरमा २ करोड रुपैयाँ पुँजी जुटाउन सक्ने किसान कति जना छन्?,’ शाहीले भने, ‘बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउने ९७ प्रतिशत किसानहरूको पुँजी २ करोडभन्दा कम छ । यो नीति वास्तविक किसानका लागि होइन, सुकिलामुकिला र करोडपतिहरूलाई पोस्न ल्याइएको देखिन्छ ।’
उनले २ अर्ब १९ करोड रुपैयाँ वास्तविक किसानको हातमा नपुग्ने जोखिम रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।









प्रतिक्रिया