
एजेन्सी । ओमानको खाडीमा एउटा ट्यांकरमाथि भएको अमेरिकी सैन्य प्रहारमा बेपत्ता भएका तीनैजना भारतीय नाविकको मृत्यु भएको भारतको बन्दरगाह, जहाजरानी र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले बिहीबार बताएका छन् ।
अमेरिकाले आफ्नो निर्देशन पालना नगरेको र इरानबाट तेल ओसारिरहेको उक्त जहाजमाथि आफ्नो सेनाले सटीक प्रहार गरेको जनाएको छ ।
यस आक्रमणप्रति कडा विरोध जनाउँदै नयाँ दिल्लीले अमेरिकी उप–नियोग प्रमुखलाई बोलाएको भारतीय स्रोतहरूले रोयटर्सलाई बताएका छन् ।









प्रतिक्रिया