सांसदहरूले समेत पहल गरेर गृहलाई बजेट दिन सुधन गुरुङको आग्रह

273
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सांसदहरूले समेत पहल गरेर गृह मन्त्रालयलाई आवश्यक पर्ने विपद् व्यवस्थापनका लागि अपुग बजेट थप गर्न संसद् बैठकमार्फत पहल गरिदिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्थापन समितिको वैठकमा बोल्दै बिहीबार गुरुङले भने ‘विपद् व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको छ।

गुरुङले भने, ‘वर्षात्‌को समयसँगै विपद् समेत बढ्नेछ । यो वर्ष पनि विगतका जस्तै विपद् नआउलान् भन्न सकिन्न । त्यसका लागि हामीले अहिलेदेखि नै तयारी गरेर बस्नुपर्नेछ ।’

विपद्को समयमा सबै मिलेर काम गर्नुपर्ने उनले बताए । उनले सांसदहरूको साथ र सहयोगले नै आम जनतालाई सहजीकरण गर्न सकिने पनि उनले उल्लेख गरे ।

ठूलो युद्धमा जाँदा सानो हतियार लिएर जानु जस्तै अवस्था हामीसँग भएको पनि उनले बताएका छन् ।