नेप्सेको साइटमा समस्या भएको दिन परिसूचक २७.४५ अंकले बढ्यो
काठमाडौं । सेयर बजारका लगानीकर्ता कारोबार खुल्ला हुनासाथ अन्यौलमा देखिए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेवसाइट डाउन थियो । तर,कारोबार भइरहेको थियो । सेयर मुल्य बढेको छ वा घटेको छ त्यसको जानकारी लगानीकर्तालाई थिएन ।
कारोबार सुरु भएको २ घण्टापछि मात्र नेप्सेको वेवसाइट सुचारु भयो ।
वेवसाइट नचल्दा अन्यौलमा भएका लगानीकर्तालाई आज भने सुःखत अनुभुति मिलेको छ ।
नेप्से परिसूचक २७.४५ अंकले बढेको हो । २.२९ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२२६.४५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा आज १६२ कम्पनीले कारोबार गरेका भएको छ । ९ लाख २ हजार ७ सय ५० कित्ता सेयर खरिद बिक्री हुँदा ३३ करोड ६४ लाख ४३ हजार ४ सय ३१ रुपैंयाको कारोबार भएको छ ।
बैंक १९.३१, होटल ४५.७७, विकास बैंक ३९.३ , जलविद्युत ३६.३१, वित्तीय ७.४४,बीमा २०८.३४,उत्पादनमूलक २४.४,अन्य १०.८१ र माइक्रो फाइनान्स ६३.०६अंकले बढेका हुन् ।
कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै कमाइ गरेका छन् ।
गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले १.९१०८ प्रतिशतले सबैभन्दा धेरै गुमाएका छन् ।