महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न

175
Shares

महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ ।

जेठ १७ गते आइतबार देखि जेठ २० गते बुधबार (चार दिन) सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंकले जित्न सफल भएको छ भने माछापुच्छे्र बैंकले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।

उक्त प्रतियोगितामा ९ वाणिज्य बैंकहरू, ७ विकास बैंकहरू, ३ वित्त कम्पनीहरू, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनीहरू र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए । साथै उक्त प्रतियोगिताको विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम समेत शुक्रबार सम्पन्न भएको छ ।

पुर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरियो । साथै सह–विजेता माछापुच्छे्र बैंक लिमिटेडलाई उप–विजेता ट्रफी समेत सोही समारोहमा प्रदान गरिएको छ ।

उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट–किपर सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंकका मोहन कुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छे्र बैंकका स्रिजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राईम कमर्सियल बैंकका कृतार्थ शाक्यले जित्न सफल भएका छन् । साथै फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्सले जित्न सफल भएको छ ।