चितवनको भरतपुरमा रोयल रिफाइनरी उद्योग खुल्दै, साढे १ अर्ब ऋण लिँदै

266
Shares

काठमाडौं । चितवनको भरतपुरमा ६८ करोड रुपैयाँ लागतमा रोयल रिफाइनरी उद्योग निर्माण हुने भएको छ ।

रोयल रिफाइनरी कम्पनीले दैनिक २ सय टन प्रशोधन क्षमताका साथ उद्योग निर्माण गर्ने भएको हो ।

कम्पनीले उद्योग निर्माणका लागि कर्जा र इक्विटी (स्वपुँजी)को अनुपात ६३:३७ राखेको छ ।

जसमा कम्पनीले ४३ करोड रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिनेछ भने बाँकी २५ करोड रुपैयाँ इक्विटीमार्फत् लगानी गर्ने जनाएको छ । हालसम्ममा कर्जाको व्यवस्थापन भइसकेको छ ।

कम्पनीकाअनुसार हाल उद्योग निर्माणको कार्य सुरुवाती चरणमा छ । सन् २०२६ को मार्चमा दर्ता भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गर्ने जनाएको छ ।

प्रमिल न्यौपानेले व्यवस्थापन गर्ने कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४३ करोड रुपैयाँको रेटिङ गराएको छ ।