
काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरीमा दुई सवारी साधन एक-आपसमा ठक्किँदा १४ जना घाइते भएका छन्।
दक्षिणकाली सडक खण्डको धारा ढोला (खोल्सा) मा शनिबार दिउँसो भएको दुर्घटनामा परी घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बलेरो गाडी एक–आपसमा ठोक्किएका हुन्।
दुर्घटना शनिबार दिउँसो करिब साढे १२ बजे भएको थियो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो।
घाइतेहरूलाई तत्कालै उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले सुमो चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ बस्ने ४५ वर्षीय मनोज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।









प्रतिक्रिया