इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका कमान्डर आबेद हर्वको मृत्यु

84
Shares

एजेन्सी । इजरायली सेनाले शुक्रबार एक आक्रमणमा हिजबुल्लाहको इन्जिनियरिङ एकाइका कमान्डर आबेद हर्बलाई मारेको दाबी गरेको छ ।

लेबननी समूहले भने यस हत्याको पुष्टि गरेको छैन । सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै इजरायली सैन्य बलले हर्ब दक्षिण लेबननमा सक्रिय इजरायली सेनालाई लक्षित गरी विस्फोटक पदार्थ जडान गर्ने र सक्रिय पार्ने कार्यमा संलग्न रहेको दाबी गरेको छ । वायुसेनाले एक रकेट लोन्चरमाथि प्रहार गरी त्यसलाई नष्ट गरेको पनि सेनाले बताएको छ ।

वाशिङटन डीसीमा भएको वार्तापछि अमेरिकाको मध्यस्थतामा युद्धविरामको घोषणा गरिए पनि लेबननभरि इजरायली आक्रमणहरू जारी रहेका छन् । त्यसले सो सम्झौताको स्थलगत प्रभावमाथि प्रश्न खडा गरेको छ ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च २ देखि भएका इजरायली आक्रमणहरूमा कम्तीमा ३५ सय २६ जनाको मृत्यु भएको छ भने १० हजार ७ सय ३३ जना घाइते भएका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले इजरायल लेबननी भूभागबाट फिर्ता नभएसम्म यस क्षेत्रमा शान्ति नहुने बताएको छ । साथै, वाशिङटनसँग हुने कुनै पनि सम्झौतामा लेबननमा जारी द्वन्द्वको अन्त्य अनिवार्य रूपमा समावेश हुनुपर्ने उसले थपेको छ ।