
काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिले छानबिन सकेर प्रतिवेदन प्रधानमन्त्री बालेनलाई बुझाएको हो ।
४५ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री शाहलाई आज बुझाइएको हो । गुरुङलाई ‘क्लिनचिट’ दिनेगरी प्रतिवेदन तयार भएको स्रोतले जनाएको छ । ‘क्लिनचिट’ पाएपछि प्रधानमन्त्री बालेनले उनलाई गृहमन्त्री बनाउने चर्चा छ ।
मन्त्रिपरिषद्को वैशाख २८ को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।
सो समितिले गुरुङमाथि लागेको आरोपका विषयमा अध्ययन गरेर सम्पत्ति विवरण समेत केलाएर अध्ययन प्रतिवेदन तयार पारेको हो ।









प्रतिक्रिया