म्याजिक जुत्ताचप्पल उत्पादन गर्ने कम्पनीले ९ महिनामै गर्यो साढे १ अर्बको व्यापार

287
Shares

काठमाडौं । म्याजिक ब्रान्डको जुत्ताचप्पल उत्पादन गर्ने जयश्री पीयु टेकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब साढे १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब ३५ करोड रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२५ मा १ अर्ब २६ करोड ८० लाख रुपैयाँ र सन् २०२४ मा ७६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२४ मा ७६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको कारोबार ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीअनुसार गत आवमा भारतमा जुत्ताचप्पल निर्यात गर्दा कारोबार बढेको हो । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा कारोबार गरेकोमध्ये ७२ प्रतिशत हिस्सा निर्यातको छ । कम्पनीको चालु आवको ९ महिनाको अवधिमा १२.४३ प्रतिशत नाफा मार्जिन छ ।

कम्पनीले गत आवमा ६ करोड १० लाख रुपैयाँ कुल नगद सञ्चय संकलन गरेको छ । सन् २०२४ मा ४ करोड ४० लाख रुपैयाँ कुल नगद सञ्चय संकलन गरेको थियो । साथै, चाल आवको ९ महिनाको अवधिमा ११ करोड ३० लाख रुपैयाँ कुल नगद सञ्चय रहेको छ ।

सन् २००९ मा स्थापना भएको कम्पनीले जुत्ताचप्पल उत्पादन गरी म्याजिक ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक ९ लाख जोडी उत्पादन क्षमता रहेको कम्पनीले एक अर्ब रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २९ करोड ८९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७० करोड १० लाख रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीको व्यवस्थापकमा अनुज पोदर र राजेशकुमार अग्रवाल छन् ।