
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज पनि अमेरिकी डलर, युरो, युके पाउण्डको भाउ बढेको छ । यसैगरी अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र जापानी येनको भाउ पनि आज बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा छ । बुधबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा थियो ।
आज युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा छ । बुधबार युरो एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा थियो ।
आज पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा छ ।
आज स्वीस फ्रैंक एकको खरिददर १९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५१ पैसा छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ १ पैसा छ ।
आज क्यानेडियन डलर एकको खरिदर ११० रुपैयाँ ३३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७६ पैसा छ ।
आज सिंगापुर डलरको एकको खरिददर ११९ रुपैयाँ २५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा छ । आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।









प्रतिक्रिया