बालेनले लगाए गोल्डस्टार जुत्ता, विदुषीलाई देखाए

1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै बनेको गोल्ड स्टार जुत्ता लगाएका छन् ।

शुक्रबार संघीय संसदमा पेस भएको बजेट भाषणका क्रममा संसद्‌मा उपस्थित भएका बालेन पूरा समय बसेका थिए ।

संसद् सकिएपछि बाहिरिने क्रममा लबीमा प्रधानमन्त्रीले सांसदहरूसँग हात मिलाएका थिए ।

त्यसक्रममागोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी मालिकसमेत रहेकी सांसद विदुषी राणासँग भेट गरे र केहीबेर गफिए । त्यस क्रममा उनले आफूले लगाएको सेतो जुत्ता देखाउँदै ‘मैले नेपालकै प्रडक्ट लगाएको छु नि’ भन्दै गोल्डस्टार जुत्ता देखाएका थिए ।

प्रधानमन्त्री बालेनले लगाउने गरेको सेतो जुत्ता गोल्डस्टार भएको आज खुलेको हो ।