महिला क्रिकेट: पहिलो खेल चीनसँग खेल्दै नेपाल

0
Shares

काठमाडौं । एसियाली खेलकुदको महिला क्रिकेट छनोटमा नेपालले आफ्नो पहिलो खेल आज चीनसँग खेल्दैछ ।

मलेसियाको बायुमास ओभलमा हुने उक्त खेल बिहान पौने १२ बजेबाट सुरू हुने तालिका छ । 

६ टोली सहभागी छनोटमा शीर्ष ३ टोलीले आगामी असोजमा जापानमा हुने २०औं एसियाली खेलकुदमा छनोट हुनेछन् ।

 ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् ।